+
Search

ताजा अपडेट +

पपुलर +

अझै दुई दिन पानी पर्ने प्रक्षेपण

मुनाल न्यूज डेक्स
२०८० चैत्र १०, शनिबार १२:५९ गते

१० चैत्र २०८०, शनिवार
देशभर आज पनि आंशिक बदली भएको छ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd