+
Search

ताजा अपडेट +

पपुलर +

चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

मुनाल न्यूज डेक्स
२०८० फाल्गुन २८, सोमबार १३:४० गते

२८ फागुन २०८०, सोमबार
छैठौँ अर्ना झापा गोल्डकपको उपाधि चर्च ब्वाइजले उचालेको छ। सोमबार सम्पन्न फाइनल खेलमा विभागीय टिम एपीएफ एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो।

चर्च ब्वाइजका लागि विदेश खेलाडी अवयोमी अलुवासेउन फकुन्लेले दुई गोल गरेका थिए भने एक गोल राजेश परियारले गरेका थिए । उपाधि हात पारेसँगै चर्च ब्वाइजले १३ लाख नगद र आकर्षक ट्रफी हात पारेको छ। त्यस्तै उपविजेता एपीएफ फुटबल क्लबले ७ लाख नगद प्राप्त गरेको छ। यति ब्रुअरी मुख्य प्रायोजक रहेको अर्ना छैटौं झापा गोल्डकपको सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाज रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd