२५ फागुन २०८०, शुक्रबार
विभागीय टीम एपीएफ फुटबल क्लब झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा जारी अर्ना छैठौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।
खेलको ७०औँ मिनेटमा एपीएफका लागि विदेशी खेलाडी फोडे फोफोनाले हेड मार्फत गोल गरेका थिए । उनको गोल नै एपीएफका लागि विजयी गोल बन्यो । आजको खेलको म्यान अफ दि म्याच एपीएफका फोडे फोफोना बने । उनले नगद ११ हजार रुपैँया प्राप्त गरे ।
एपीएफले शनिबार हुने झापा ११ र चर्चब्वाइजको विजेतासँग फागुन २८ गते फाइनल खेल खेल्नेछ । प्रतियोगिताको प्रथम हुने टिमले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाख प्राप्न गर्नेछ ।
झापा गोल्डकप : एपीएफ फाइनल प्रवेश
२०८० फाल्गुन २५, शुक्रबार १५:१८ गते

प्रतिक्रिया