२०८० फागुन २४, राजेश आचार्य ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी ) ले आफ्नो ३१ औं वार्षिक उत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

यसैबीच राजगढ, गोलधाप र बडाबारी सेवाकेन्द्रहरुले संयुक्त रूपमा राजगढ बजारमा रहेको सभा हलमा एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएका छन् । राजगढ सेवाकेन्द्रगत उपसमिति संयोजक गंगा देवी धमलाको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भिम बहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

राजगढ सेवाकेन्द्र प्रमुख रोहित कुमार गणेशले उक्त कार्यक्रमलाई सञ्चालन गर्दै संस्थाले बहुव्यवसायको अवधारण अनुसार हाल सञ्चालनमा ल्याएको बचत तथा ऋण (बैङ्‌किङ) व्यवसाय, डेरी व्यवसाय, एनएमसी एग्रो फर्म, एनएमसी सहकारी पसल र चिया व्यवसाय को बारेमा संक्षिप्त जानकारी गराउनुभयो।

 

कार्यक्रममा संस्थाको विभिन्न समिति उपसमिति मा रहनुहुने पदाधिकारीहरूको र कर्मचारीहरू उपस्थिति रहेको थियो ।

२०५० साल फागुन २४गते संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको नेतृत्वमा २६जना संस्थापक सदस्यबाट स्थापना भएको सहकारीमा हाल १ लाख ६० हजार भन्दा बढी शेयर सदस्य रहेका छन् । झापा जिल्ला मात्र कार्यक्षेत्र भएको एनएमसीले मिति २०७७ साल फागुनदेखि छिमेकी जिल्ला मोरङ र इलामलाई पनि कार्यक्षेत्रको रूपमा स्वीकृति प्राप्त गरेसँगै हाल एनएमसीको झापा, मोरङ र इलाम गरि ३ वटा जिल्लामा कार्यक्षेत्र रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय