२६ मंसिर २०८०, मंगलबार
एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् । कमिटीको दोस्रो अधिवेशनबाट प्रतिस्पर्धी गणेश दाहाललाई पराजति गर्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।
कमिटीको उपाध्यक्षमा बिमल काफ्ले, सचिवमा सुरज काफ्ले, उप–सचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित भएका हुन् । खुल्ला महिला आठ जना, समावेशीबाट पाँंच जना पनि निर्वाचित भएका छन् ।

त्यस्तैगरी ४४ जना सदस्यहरु पनि निर्वाचित भएका छन् । अधिवेशनको उदघाटन पार्टीको बुद्धिजीवी परिषद्का अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय