१९ कार्तिक २०८०, आइतवार
बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’द्वारा लिखित ‘विकल्प M समता, समाजवाद र मुक्त दुनिया’ पुस्तक परिचर्चा कार्यक्रमका सहभागी वक्ताहरुले कम्युनिष्टका नाममा बेथिति र अराजकता बढ्दै गएको बताएका छन् ।

बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईंले कार्कीको यस पुस्तकले समग्र कम्युनिष्ट पार्टीहरू उत्थान, पतन र नयाँ वैचारिकीका निम्ति रिफरेन्सको रूपमा काम गर्ने बताए ।

समाजमा विचारलाई मर्न नदिन र विचार अनि सिद्धान्तले समाजलाई जीवन्त राख्ने हुनाले आफूले यो पुस्तक लेखेको लेखक कार्कीले बताए ।

नेकपा माओवादी केन्द्रका सचिव तथा मार्क्सवादी चिन्तक कार्कीको उक्त पुस्तक गत असोज २१ गते काठमाडौंमा लोकार्पण गरिएको थियो । उक्त पुस्तकमाथि काठमाण्डौ बाहिर झापामा पहिलोपटक परिचर्चा गरिएको हो ।

करिब १५ वर्ष यताको नेपाली राजनीति र त्यसमा कम्युनिष्ट पार्टी माओवादी र एमालेका विचारहरुमाथि वैचारिक विमर्श समेटिएको छ । बुकहिल प्रकाशनले बजारमा ल्याएको २६३ पेजको पुस्तकमा भूमिका बाहेक ३३ वटा लेखहरु छन् । यसलाई उनले आफ्नो वैचारिक प्रस्तावना या दस्तावेजको मस्यौदा भनेका छन् र सार्वजनिक बहसका माध्यमबाट दस्तावेजलाई अन्तिम रुप दिन अपिल गरेका छन् ।

पुस्तक समग्रमा मार्क्सवादी विचारधारा र विश्व कम्युनिष्ट आन्दोलनका वैचारिक, सांगठानिक, साँस्कृतिक मूल्यहरु, पुँजीवादसँगको संघर्ष र त्यसक्रममा आन्दोलनहरुमा आएका उतारचढावको एउटा समरेखीय विश्लेषण पद्धतिमा आधारित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय