३ भाद्र २०८०, आइतवार
मनोज तिवारी-दर्पण
राष्ट्रिय परिक्षा बोर्डले गत साता प्रकाशन गरेको कक्षा १२ काे नतिजामा झापा बाह्रदशी–५ को फुलबारी मा.वि. ले पालिका भरिमै सबैभन्दा कमजोर नतिजा ल्याएको छ । गाउँपालिका भित्र ३ सामुदायिक र २ संस्थागत गरि ५ बिध्यालय मध्ये फुलबारीले सबैभन्दा कमजोर नतिजा ल्याएको हो । जम्मा परिक्षामा सामेल ४४ जना विद्यार्थी मध्यें १ जना बिद्यार्थीले मात्र पास हुन चाहींने न्युनत ग्रेड पाएका हुन । यसरी हेर्दा यस विद्यालयले २.२७ प्रतिशत विद्यार्थी मात्र पास भएका छन भने अन्य करिब ९८ प्रतिशत बिद्यार्थीले ग्रेडनै पाउन सकेनन् । ग्रेड पाउन सफल ति विद्यार्थीले बि+ ग्रेड पाएका छन । उनको जि. पिए २.८ रहेको छ ।
फुलबारी पछि कमजोर नतिजा ल्याएने विद्यालयमा बाह्रदशी– ७ को गौरीशंकार मा.वि. रहेको छ । व्यवस्थापन, माविकी र शिक्षा संकाय पढाईहुने गौरीशंकरमा जम्मा ४८ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । जम्मा विद्यार्थी मध्ये ४ जना विद्यार्थीले मात्रै पास हुने जि.पि.ए.ल्याएका हुन भने ४४ जना विद्यार्थीले ग्रेडनै पाउन सकेनन् । २ जना विद्यार्थीले बि+ (२.८ जि. पिए) र अन्य २ जनाले क्रमश बि (२.४ जि. पिए) र सि+ (२.० जि. पिए) ल्याएका हुन । बाँकि करिब ९२ प्रतिशत विद्यार्थीले पास हुन चाँहिने न्युनतम जि.पिए (१.६) कटाउन सकेनन् ।
बाह्रदशी–३ मा रहेको पशुपति मा.वि का १ सय ७२ जना विद्यार्थी मध्यें ४२ जनाले ग्रेड पाउन सफल भए जसमा २० जना प्राविधिक धार तर्फका रहेका छन । यसैगरी ज्ञानज्योति अंग्रेजी मा.वि का ६१ विद्यार्थी मध्यें ३२ जनाले ग्रेड पाए भने अन्य २९ जनाले ग्रेड पाउन सकेनन् । यस्तै बाह्रदशी – ६ मा रहेको दिपजन अंग्रेजी मा.वि का ४४ विद्यार्थी मध्यें ३६ जनाले ग्रेड पाए भने ४ जनाले ग्रेड पाउन सकेनन् । ज्ञानज्योतिमा अध्यन्रत प्रमिश खरेलले ३.६८ जि.पिए ल्याउदै पालिका प्रथम बनेका छन । यस्तै दिपजन अध्ययनरत सञ्जय राजवंशी ३ं.६ र प्रशना उप्रेती ३.३२ जि.पिए ल्याउदै क्रमश दोस्रो र तेस्रो बनेका छन ।
यसरी पालिका भरिमा जम्मा ३७० जनामा १२४ जनाले ग्रड पाउन सकेनन् भने ११५ जनालेमात्र ग्रेड पाउन सफल भए । राष्ट्रिय परिक्षा बोर्डले गत साता प्रकाशन गरेको नतिजामा झापाको बाह्रदशीका समुदायिक विद्यालयकाे नतिजा अन्यन्तै कमजोर देखिएकाे छ ।
प्रतिक्रिया