+
Search

ताजा अपडेट +

पपुलर +

करेन्ट लागेर बिर्तामोडमा एक मजदुरको मृत्यु

मुनाल न्यूज डेक्स
२०८० असार १५, शुक्रबार ०७:४१ गते

१४ आषाढ २०८०, बिहिवार
सडक निर्माणको क्रममा करेन्ट लागेर झापाको बिर्तामोडमा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ सैनिकमोडका ४० बर्षीय धनबहादुर राजबंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आज विहान ७.३० बजे बिर्तामोड-२ घैलाडुब्बा–बिर्ताबजार सडकखण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd