१५ जेष्ठ २०८०, सोमवार
नेपाल पत्रकार महासंघ झापा शाखाले सदस्य शुद्धिकरणका लागि कार्यदल गठन गरेको छ । अध्यक्ष एकराज गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले कार्यदल गठन गरेको हो ।

उपाध्यक्ष केशव भट्टराईको संयोजकमा गठित कार्यदलमा तथा सुशिला संग्रौला, डिकेश लामा, राजु पाठक, अर्जुन राजवंशी, सुनिरा मैनाली र राजन साम्पाङ्ग सदस्य छन् ।

कार्यदललाई जेठ १९ गते सम्ममा मापदण्ड अनुसार नवीकरण हुन नसक्ने सदस्यको नामावली कारणसहित तयार गरी कार्य समितिमा पेस गर्ने गरी जिम्मेवारी दिइएको छ ।

बैठकले पत्रकारितामा क्रियाशील नरहेका, राजनीतिक दल तथा पूर्णकालीन अन्य पेशा, व्यवसायमा रहेका सदस्यलाई सदस्यता त्यागको घोषणा गर्न जेठ १९ गतेसम्मको समय प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय