८ जेठ २०८०, सोमबार
सुरुङ्गा/ झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाका राजु र बिमला लकान्द्रिका कान्छा छोरा सुसुन लकान्द्रीको ब्रेन ट्युमरको उपचारको निम्ति समाजसेवी युवा ब्यक्तित्व रमेश चन्द बाबू मैनालिले अार्थिक सहयोग गरेका छन ।

सुसनको उपचारको क्रममा अाफुसंग भएको र ऋण पाउने ठाउबाट ऋण समेत काडेर उपचार गरिरहदा थप उपचारको निम्ति अार्थिक सङ्कटमा परेका लकान्द्री परिवारलाई कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पु निवासी मैनालिले नगद पाँच हजार सहयोग गर्दै अन्य सहयोगी मनहरुलाई पनि सहयोगको अपिल गरेका छन ।

राजु र बिमला लकान्द्रीका कान्छा छोरा १३ बर्षिय सुसन लकान्द्रि विगत २ महिना देखि ब्रेन ट्युमर बाट पिडित भई हाल भारत सिलगडीको महाराजा अग्रसेन अस्पतालमा उपचाररत छन । जनमन गरेरै घर चलाउदै अाएका राजु लकान्द्रीलाइ अहिले ठुलै संकट परेको छ । उपचार गर्दैजादा सुसनमा सुधार त भयो , अस्पतालले अहिले फलोअफमा अाउने गरि डिस्चार्ज दियो तर अस्पताललाई दिने रकम नहुदा छोरो घर ल्याउन नसके पछी लकान्द्रि परिवार अार्थिक संकटमा परि सहयोगी मन संग हात फैलाउन वाध्य भई सहयोग जुटाउन अाफ्ना अाफन्त , छरछिमेकी सहित समाजमा निस्कीएको छ ।

सुसन लाई उपचार गर्दा लागेको मध्ये तिर्न वाकी रहेको अाजका दिन सम्मको रकम भारु २ लाख भन्दा माथि भई सकेको र जति ढिलो भयो उति रकम थपिदै जाने भएकोले देस विदेसमा रहनु हुने सम्पुर्ण सहयोगी मन हरु समक्ष सुसनकी अामाले सहयोगको अपिल गरेकी छन ।

यसरि सुसनको निम्ति सहयोग उठाउन सुरुगरेको थाहा पाउना साथ यश क्षेत्रका सामाजिक युवा यश अघि पनि दिन दुखीका निम्ति साथै अन्य सामाजिक कार्यमा समेत सहयोग पुर्याउदै अाउनु भएका रमेश चन्द्र बाबू मैनालिले लकान्द्रीको घरमै पुगेर ५ हजार सहयोग गर्नु भएको हो । अन्य सहयोगी मनबाट पनि यथा सक्य सहयोग जुट्दै छ । यति ठुल‍ो रकम जतिसक्दो छिटो जुटाउनु पर्ने भएकोले सबैलाई लकान्द्री परिवारले सहयोगको अपील गरेको छ ।

ब्रेन ट्युमर भई उपचाररत सुसनलाई सहयोग गर्न चाहाने सहयोगीहरुले सुसनका दाजु समिर विश्वकर्माको नाममा रहेको nepal bank limited को खाता नम्बंर : १४७०१००७२२००३२०००००१ मा रकम पठाउन सक्नुहुने छ भने । लकान्द्री परिवारलाई ९८१७९०६५४९ नम्बरमा सीधै सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय