२७ फागुन २०७९, शनिवार
झापाको झापा गाउँपालिका वडा नं. ३ गैरीगाउँ झाँटीस्थित रामजानकी मन्दिरमा आगामी चैत्र ८ गते देखि १६ गतेसम्म श्रीमद देवि भागवत धन धाञ्यान्चल नवाह ज्ञान महायज्ञ लगाइने भएको छ । समावेशी नवाह ज्ञान महायज्ञ लगाउन लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष खडगप्रसाद बस्नेतले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
जग्गा दाताहरुले २० बर्ष पहिलेनै जग्गा दिएर पुरानो मन्दिर बनाइए पनि लामो समयसम्म मुर्ति समेत नहुदा फोटाहरुलाई पुजा गरेर काम चलाउँदै आएकोमा पछि स्थानीय सहयोगी मन तथा पालिकासमेतको सहयोगमा गाउँलेद्धारा दोस्रो मन्दिर निर्माण गरिएको स्थानीय हेमा पराजुलीले बताउँनुभयो । मन्दिरपछि यस क्षेत्रमा धार्मिक तथा सामाजिक कार्यहरु गर्नका लागि एउटा सामुदायिक भवन निर्माणको उद्धेश्यले यस क्षेत्रमा समावेशी महायज्ञ लगाउँन लागिएको अर्का स्थानीय कमल तिम्सिनाले बताउँनुभयो ।
महायज्ञ लगाएर वचत भएको रकमबाट यस क्षेत्रमा सामुदायिक भवन निमार्ण तथा मन्दिरमा खर्चको जोहो गर्न सके मन्दिरमा पुजाका लागि नियमित पुजारी समेत राख्ने गाउँलेको धोको रहेको छ । महायज्ञमा सुप्रसिद्ध कथा वाचक आचार्य छविरमण निरौलाले कथा वाचन हुनेछ भने दैनिक पाठ पारायण तथा संगितमय भजन किर्तन साथै विभिन्न विद्धानहरुबाट आर्शिवचन समेतको कार्यक्रम राखिएको छ ।
दक्षिणी झापाको कामाटोलीबाट केहि किलोमिटर पश्चिममा रहेको यस स्थानलाई सबै धर्म र सम्प्रादयको साझा थलोका रुपमा विकास गर्न समेत समावेशी महायज्ञको आयोजना गर्न लागिएको मन्दिरको जग्गादाता गायत्रीमाया शिवाकोटीको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै झापा गाउँपालिका ३ नम्बर वार्डका जनप्रतिनिधि कुमार राईले पालिकाबाट हरेक बर्ष यस मन्दिरलाई घेरावारा र सामुदायिक भवन बनाउनका लागि सहयोग जारी रहने र धार्मिक कार्यक्रममा समेत नगरको सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । साथै राईले पालिकाको साथ र सहयोगबाट मन्दिरको धेरै कामहरु समेत सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
महायज्ञ समितिले महायज्ञ लगाउने पहिलेदिन कलश यात्रा गर्नका साथै ज्ञान महायज्ञको प्रचार र तयारीका लागि विभिन्न उपसमितिको समेत निर्माण गरिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनको संचालन किरण विकले गर्नुभएको थियो ।
प्रतिक्रिया