+
Search

ताजा अपडेट +

पपुलर +

कम्बोडियामा आगलागीमा परी ज्यान गुमाएका निराकार थाइल्याण्ड तीन महिना घुम्नका लागि गएका थिए

मुनाल न्यूज डेक्स
२०७९ पुष १५, शुक्रबार १२:३१ गते

१५ पौष २०७९, शुक्रवार
कम्बोडियाको एक होटलमा आगलागीका क्रममा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डे घुमफिरका लागि थाइल्याण्ड गएका थिए । परिवारका अनुसार उनी तीन महिनाका लागि घुम्न गएका थिए । गत कात्तिकको २१ गते थाइल्याण्ड गएका पाण्डे घुमफिरकै क्रममा कम्बोडिया पुगेको बुझिएको छ । उनको परिवार केहि वर्षदेखि काठमाडौंस्थित सुकेधारा बस्दै आएको थियो ।

निर्माण व्यवसायको क्षेत्रमा काम गर्दै आएका पाण्डे ३ महिने प्याकेजमा थाइल्याण्ड गएको बुझिएको छ । थाइल्याण्ड गएको दुई महिना पुग्न लागेको थियो । तीन महिनापछि घर फर्किने योजनासहित थाइल्याण्ड गएका पाण्डे होटलमा आगलागी भइरहँदा १२ तलामाथिबाट हामफाल्दा ज्यान गएको अन्तराष्ट्रिय समाचारमाध्यमले जनाएको छ ।

उनको श्रीमति र ९ वर्षीय छोरासहित काठमाडौं बसेर निर्माण व्यवसायको क्षेत्रका काम गरिरहेका थिए । काठमाडौं बसेर पनि बिर्तामोड बाक्लै आइरहने नातामा दाजुपर्ने खगेन्द्र उप्रेतीले जानकारी दिए । उनी चुनावको बेला पनि बिर्तामोड आएका थिए ।

उनका अनुसार पाण्डेको शव नेपाल ल्याउन सोमवार देखि प्रक्रिया शुरु गरिने भएको छ । कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राती ११ बजे परिवारलाई भिडियो कल मार्फत जानकारी गराएका थिए । उनी होटलमा फसेको बेला झ्यालमा बसेर रेकर्ड गरेको भिडियो परिवारलाई पठाएका छन् । उक्त भिडियोले संसारभरका नेपालीलाई विक्षिप्त बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd