११ पुष २०७९, सोमबार
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।

‘निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्नुहोला’ लामिछानेले भने, ‘त्यसमा अहिलेसम्म के भएको छ त्यो पनि जानकारी गराउनु होला ।’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले सोमबारै शपथग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय