४ भदौ २०७९, शनिबार, आकाश क्षेत्री
बाह्रदशी २ महिला समितीको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता सम्मपन्न भएकोछ । बाह्रदशी गाँउपालिका वडा नम्बर २ खेलकुद समितिको अायोजनामा दौड कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा २ भित्रका २५ बर्ष देखि माथिका ३४ महिलाले भाग लिएका थिए।
बाह्रदशी गाउँपालीका वाडनं २ को कार्यालय देखि सुरू भएको दौड बाह्रदशी गाउँपालीका वडा नम्बर २ मा रहेको श्री दक्षिणेश्वर शिवालय मन्दिरको प्राङ्गणमा पुगेर समाप्त भऐको थियो।
प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो हुनेलाइ क्रमश नगद रू ५ हजार ३ हजार र २ हजार पुरूस्कार प्रदान गरिने बाह्रदशी गाँउपालिका वडा नम्बर २ खेलकुद समिति अध्यक्ष गेहेन्द्र ढुङ्गेलले जानकारी दिनु भयो ।
उक्त पुरूस्कार महिला हरूको महान चार्ड तिजको उपलक्ष्यमा गरिने तिजमिलान साँस्कृतिक कार्यक्रममा प्रदान गरिने छ ।
प्रतिक्रिया