२२ चैत्र २०७८, मंगलवार
जब आक्रान्त हुन्छ अन्तरमन
अनी झिल्कोहरू निक्लिन्छन,
घृष्ट बिचारहरुको युद्धभूमिमा
डढेलो नै लाग्ला झैं गरीकन
अग्निज्वालाहरू लप्किन्छन,
अक्षम्य शत्रुहरुका ती हुँकार
दम्भले भरिएका अट्टहासहरू,
संकीर्णताले सजीएको मानस
आन्दोलित छन् सारा तन्तुहरु,
अभिमानको बादल फाट्दा नै
बज्रपात भई स्वयं सिद्धिन्छन,
जब आक्रान्त हुन्छ अन्तरमन
अनी झिल्कोहरू निक्लिन्छन,
हरेक लप्काहरू युद्धभूमि मा
ज्वलीत गर्दैछन् सैन्य अक्षणी,
हौसला लाई सशक्त गरीरहँदा
संयमता नै अब किमार्थ रहेन,
सुदृढ़ छन मनका बिश्वासहरू
त्यसैले त युद्धको शंखनाद गरेँ,
प्रतीक्षारत सम्पूर्ण अवयवहरू
निर्दिष्ट चौदिशा मा फैलिन्छन,
जब आक्रान्त हुन्छ अन्तरमन,
अनी झिल्कोहरू निक्लिन्छन।।
कबिता – ”युद्धभूमि” _ दयानन्द गोस्वामी
२०७८ चैत्र २२, मंगलवार १२:४२ गते
प्रतिक्रिया