+
Search

ताजा अपडेट +

पपुलर +

भागुडुब्बामा अभिमुखिकरण गोष्ठी सम्पन्न

मुनाल न्यूज डेक्स
२०७८ चैत्र २१, सोमबार १५:५० गते

२१ चैत्र २०७८, सोमवार
झापाको बाह्रदशी १ मा रहेको भागुडुब्बा आधारभुत स्वस्थ केन्द्रमा टाइफाइड खोप अभियान सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

बाह्रहदी वडा नम्बर १ का वडा अध्यक्ष संभु सिहं राजवंशीको अध्यक्षतामा सम्मपन्न गोष्ठीमा विभिन्न सरोकारवाला व्यक्तीहरूको उपस्थिति रहेको थियो ।

बाह्रदशी गाँउपालिकाले यहि चैत्र २५ गते देखि ३० गते सम्म १५ मिहना देखि १५ बर्ष सम्मका बालबालिका हरूलाइ नियमित खोपमा टाइफाइड खोप दिइदैछ । यसैकै सहजताका लागि गाँउपालिकाले माताहतका सबै स्वस्थ्य केन्द्रहरूमा यस्तो कार्यक्रम गरिरहेको छ ।

प्रतेक बिध्यालय, खोप केन्द र आधारभुत स्वस्थ्य केन्दमा खोप लगाइदै छ । जग्गादाता तथा व्यवस्थापन समिति अध्यक्ष रामनाथ राजवंशी, स्वस्थ स्वयंसेविका अनिता राजवंशी, अ न मि पुनम गणेश, वडा सदस्य सैरूल मियाँ, प्रविण राजवंशी, सञ्चारकर्मी लगायत अन्य स्थानिय हरूको उपस्थिति रहेको थियो ।

गोष्ठीमा टाइफाइड रोग सम्बन्धि जानकारी राजगढ स्वस्थ केन्द्र एच ए दिपा तामाङ्ग ले गराउनु भएको थियो, भने गोष्ठीको सञ्चालन राजगढ स्वस्थ्य चौकी प्रमुख रविन कुमार पोख्रेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

वडा स्तरमा टाइफाइड खोप अभियान, नियमित खोपमा टाइफाइड खोप सुरूवात, नियमित खोप सुदृढीकरण र सरसफाई प्रवर्द्धन सम्बन्धि वडा खोप समन्वय समिति एवंम सञ्चारकर्मी हरूको अभिमुखिकरण गोष्ठी

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd