+
Search

ताजा अपडेट +

पपुलर +

झापामा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १९, शनिबार ०३:२४ गते

१९ चैत्र २०७८, शनिवार
मर्निङ वाकमा हिडेकाहरुलाई अर्जुनधारा ६ मा पिकअपले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का गंभीर घाइते भएका छन् ।

आज बिहान ५.३० बजे अर्जुनधारा ६ पुष्पलाल चौकस्थित भित्री पक्की सडकखण्डमा प्रदेश १–०१–००१–च ९१०७ं नम्बरको पिकअपले ठक्कर दिँदा मर्निङ वाकमा रहेका अर्जनधारा ६ का ५३ वर्षिय कृष्णप्रसाद निरौलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीमा कार्यरत शिक्षक हुन् ।

त्यस्तै सोही पिकअपको ठक्करबाट बिर्तामोड ५ का ४५ वर्षिय अर्जुन उप्रेती गंभीर घाइते भएका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि पिकअप चालक फरार भएका छन् भने पिकअपलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd