कबिता – “चन्द्रमा”
झुटा भयौ ऐ चन्द्रमा तिमी१
त्यसैले त तिमी मा दाग छ,
कालो बादलको घुँम्टो भित्र
तिम्रो त्यो दिव्यता लुप्त छ,
नीडको पट खोलेर रातचरी
नीशाको आंगनमा रमाउँछन्,
ताराहरु पनि रागले टुक्रिएर
धरती मा झरेर नै बिलाउँछन्,
अंधकार यहाँ त्यसै क्षुब्ध छ
स्तब्ध छ अनी हर्षित विहीन,
विरानको भाँति संसार भयो
धुमिल भए ती छबिहरू पनि,
गन्तव्यहरु म बाट सुदूर भए
ओझल हुँदै गयो सारा सपना,
बसुन्धरा पनि तृष्णीत भईन
पेयजल धाराको अभाव मा,
कारूण्यता ख्यै कहाँ रह्यो ररु
केवल तिमीमा त उन्माद छ,
रजनीको श्यामली पछ्यौरा
बतासमा कहिल्यै थिर रहेन,
कटुता त तिमी मा कम छैन
यद्धपि मनोरमा र सुहाग छ,
झुटा भयौ ऐ चन्द्रमा तिमी१
त्यसैले त तिमी मा दाग छ।
कबिता-“चन्द्रमा” _ दयानन्द गोस्वामी
२०७८ चैत्र १८, शुक्रबार १३:५३ गते

प्रतिक्रिया