१८ चैत २०७८, शुक्रबार
नेपाली राजनीतिमा फेरि अर्को ‘यु टर्न’को संकेतहरु देखापर्न थालेको छ । सत्ता गठबन्धन चुनावमा मिलेर जाने चर्चा चलिरहँदा कम्युनिस्टहरु चुनावमा तालमेलको तयारीमा भित्र भित्र लागेका छन् ।
मुख्य कम्युनिस्ट दलहरुको दोस्रो र तेस्रो तहका नेताहरुले सहमतिको प्रयास गरिरहँदा शिर्ष नेताहरुबीच नै कुराकानी हुन थालेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले १७ चैत्रमा सत्ता गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने वाध्यात्मक अवस्था आउनसक्ने बताएका थिए ।
आफ्ना दलका नेताहरु एमाले नेताहरुसँग भित्र भित्र वार्ता गरिरहेको उल्लेख गर्दै आफू दबाबमा परिसकेको खुलाएका थिए । यसलाई प्रचण्डको बार्गेनिङको रुपमा हेरिएको थियो । तर, प्रचण्डले खुलासा गरेको भोलिपल्टै नयाँ खुलासा भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं प्रचण्डसँग संवाद गर्न थालेका छन् । दुई नेताहरुबीच टेलिफोन र विश्वासपात्रहरुमार्फत् छलफल अगाडि बढेको हो । यी छलफलहरु चुनावी तालमेलमा केन्द्रित रहेको बुझिएको छ ।
प्रतिक्रिया