+
Search

ताजा अपडेट +

पपुलर +

मनाङले जित्यो दमक गोल्डकपको उपाधि

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १८, शुक्रबार १३:२५ गते

१८ चैत २०७८, शुक्रबार
दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गरे ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे । ६७ औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे ।

जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd