+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीमा भ्यू टावरको अवस्था

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १८, शुक्रबार १२:१० गते

१८ चैत्र २०७८, शुक्रवार
बाह्रदशी गाउँपालिकाले वडा नं ६ मा भ्यू टावर बनाउन शुरु गरेको तीन वर्ष भयो । भ्यू टावर निर्माण सम्पन्न हुन अझै दुई वर्ष लाग्छ । साढे १४ करोडको लागत इस्टिमेट रहेको सो भ्यू टावर निर्माण गर्नेक्रममा करिव तीन करोड खर्च भइसकेको छ ।

२०७६ सालमा शुरु गरिएको तीन तलाको टावर बनाउँदै भत्काउँदै गरिएको छ । ठेकेदारले बनाएको पर्दा चर्किएपछि त्यसलाई भत्काइएको हो । छेउको पर्दा चर्किएकाले अनावश्यक पर्दालाई भत्काउन लगाइएको बाह्रदशी ६ का वडाध्यक्ष रत्नप्रकाश योङ्याले बताए । गाउँपालिकाको बजेटबाट बाह्रदशीको डाँडामा सो भ्यू टावर निर्माण भइरहेको हो ।

ठूलो लगानीमा देशको ढुकुटी सिध्याएर भ्यू टावर निर्माण गरिएको भन्दै त्यसको आलोचना भइरहेको छ । तर, बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिहरुले पर्यटन विकासका लागि भ्यू टावर निर्माण गरिएको दावी गरेका छन् ।

पर्यटकीय र धार्मिकस्थल रहेको बाह्रदशी डाँडामा पर्यटन विकासका लागि गाउँपालिकाको ठूलो लगानीमा सो भ्यू टावर निर्माण गरिएको बताएका छन् ।

भ्यू टावरहरुको औचित्य र आबश्यकताका बारेमा प्रश्न उठिरहँदा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले भने त्यस भ्यू टावर गाउँपालिकाकै गौरवको आयोजना भएको दावी गरे । उनले भ्यू टावर , राजगढ बजार र साधुपर्ति झिल आफूहरुको गौरवको आयोजना भएको बताए ।

‘ आफूहरुले भ्यू टावरमा गरेको करोडौं लगानीको प्रतिफल आउँछ ’उनले भने ,‘ प्राकृतिक सौन्दर्यताले भरिएको बाह्रदशी डाँडामा पर्यटनको राम्रो संभावना छ ।

pratidinbata

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd