+
Search

ताजा अपडेट +

पपुलर +

सांघातिक हमला गर्नेलाई पक्राउ गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग ठप्प

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १७, बिहीबार ११:११ गते

१७ चैत्र २०७८, बिहिवार

सांघातिक हमलाका दोषीलाई पक्राउ गरेर छोडिदिएको विषयले उग्ररुप लिएपछि बिहीबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा पीडितले राजमार्ग ठप्प पारेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिले अगाडी प्रहरी विरुद्ध नाराबाजी गर्दे पीडित, उनिहरुका आफन्त र सयौ स्थानियले सडक अवरुद्ध बनाएका हुन् । दिउँसो साढे १२ बजे देखि अवरुद्ध भएको सडक अझै सम्म खुल्न सकेको छैन ।

गन्तव्य र काम विशेसले हिडेका हजारौ सर्वसाधरण राजमार्गमा अलपत्र छन् । उनिहरुले प्रशासन संग तत्काल सडक खोल्न दवाव दिन थालेका छन् ।

प्रहरीले पक्राउ गरेका आक्रमणकारीलाई प्रहरीले बिना सर्त छोडेर कार्वाही नगरेको आरोप पीडितको छ । पीडितका अनुसार इलाका प्रहरी कार्यलयले शुरुमा जाहेरी लिन समेत मानेको थिएन । ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी दिँदा समेत प्रहरीले जाहेरी दर्ता नगरेर आफुहरुलाई मानसिक पिढा दिएको आरोप पीडितको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd