+
Search

ताजा अपडेट +

पपुलर +

सहमतिमा सम्बन्ध राखेर बलात्कारको उजुरी दिनेलाई साढे ३ वर्ष कैद सजाय

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १६, बुधबार १३:३१ गते

१६ चैत्र २०७८, बुधवार
सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ।

बलात्कारको झुटो उजुरी दिएको अभियोगमा अछाम जिल्ला अदालतले १९ वर्षकी एक किशोरीलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उजुरीकर्ता किशोरीविरुद्ध नै सजायको फैसला सुनाएको हो।

२०७८ माघ १५ गते आफूसँग विवाह गर्न भनेर घरमा माग्न आएका युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

तर, मुद्दाको पुर्पक्षका क्रममा सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको अदालतको ठहर छ। युवकलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै अदालतले किशोरीलाई नै कैद सजायको फैसला सुनाएको हो।

गत माघ १५ गते आफ्नै घरमा बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका २० का ती युवकले बलात्कार गरेको भन्दै किशोरीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd