१६ चैत्र २०७८, बुधवार
स्थानीय तहको निर्वाचन मिति नजिकिए संगै चुनावी सरगर्मी चलिरहेको छ । यस्तै झापाको बाह्रदशीमा पनि टिकट हात पार्नको लागि विभिन्न दाैडधुप र चिया पसलहरूमा चर्चा परिचर्चा भइरहेका छन ।
१६ चैत्र २०७८, बुधवार
७४ को निर्वाचमा कुन पार्टी र कुन उमेद्वारले कति मत पाएका थिए र अब कस्तो होला भन्ने आम जनसमुदायको चासोलाइ मध्यनजर गर्दै यो सामग्री तपाइ पाठक सामु लिएर आएकाछाै । अघिल्लो स्थानीय तह निर्वाचनमा बाह्रदशीका प्रमुख र उपप्रमुखका उमेद्वारहरूले कति मत पाएका थिए भन्ने्र विषयमा जानकारी दिने छाै ।
प्रमुख ÷अध्यक्ष
खड्ग प्रसाद राजवंशी नेपाली काँग्रेस को तर्फबाट ५५३९ मत पाएर बिजयी भएका थिए । भने ४२८ मतले पछि पर्दै निकटतम प्रतिस्पर्धी ने.क.पा (एमाले)का लक्ष्मण पाठकले ५१११ मत ल्याएका थिए । भने ने.क.पा (माओवादी केन्द्र) बात देवी प्रसाद ओझाले १७९५ मत पाएका हुन ।
यस्तै भिम बहादुर राई राषि्ट्रय प्रजातन्त्र पार्टी बाट १४१४ मत पाए भने बल बहादुर राई संघीय लोकतान्ति्रक राषि्ट्रय मञ्च बात १३३ मत ल्याए । रंगलाल राजवंशी संघीय समाजवादी फोरम नेपाल बाट १०२ मत पाएका हुन ।
उपप्रमुख ÷उपाध्यक्ष
रत्नाकुमारी राजवंशीले नेपाली काँग्रेस तर्फबाट ५४५३ मत ल्याएर बिजयी भएकी थिइन । १९३ मतले पछि पर्दै निकटतम प्रतिस्पर्धी गगादेवी धमला ने.क.पा (एमाले) बाट ५२५६ मत ल्याएकी थिइन ।
यस्तै सुकमती राजवंशी ने.क.पा (माओवादी केन्द्र) को तर्फबाट १७३१, सौरी टुडु राषि्ट्रय प्रजातन्त्र पार्टी १२९७ र गंगामाया केरूङ्ग संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च १५४ मत पाएकी थिइन ।
प्रतिक्रिया