+
Search

ताजा अपडेट +

पपुलर +

झापाका प्रसाईंले भक्तपुरमा खोले दुई अर्बको तरकारी बजार

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १५, मंगलवार ११:१६ गते

१५ चैत्र २०७८, मंगलवार
झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका छन्। सूर्यविनायक नगरपालिका-८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।

पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए।

तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए। तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन्।

तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd