१४ चैत्र २०७८, सोमवार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विरोध गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको जवाफ फर्काएका छन् ।
सभापति देउवाले २०७४ सालको निर्वाचनमा बल्लतल्लले चुनाव जितेको सम्झिँदै आगामी निर्वाचमा गठबन्धन नगरी नहुने भन्दै गठबन्धनमा शंका नगर्न बताए ।
सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने र पार्टीलाई पनि फाइदा हुने बताए । उनले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार । गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ? गठबन्धन गरियो भने अहिले सबै सिट जित्छौँ ।’
सभपाति देउवाले विगतमा माओवादीले आफूलाई समेत गोली हानेको तर, अहिले त्यो रिस फेर्न नहुने र अवस्थाअनुसार चल्नुपर्ने बताए । साथै, आफूमाथि पनि त्यस्तो कुनै शंका नगर्न सभापति देउवाको भनाइ छ ।
उनले भने, ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन । त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’
प्रतिक्रिया