+
Search

ताजा अपडेट +

पपुलर +

टी-२० श्रृङ्खलामा पीएनजीमाथि नेपाल १५ रनले विजयी

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १४, सोमबार १०:२७ गते

१४ चैत्र २०७८, सोमवार

त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।

पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे बाउले ३० रन बनाउँदा चार्ल्स अमिनीले २२ तथा लेगा सिएकाले २१ रन जोडे ।

पीएनजीका टोनी उरालाईले दोस्रो ओभरमै करण केसीले आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सोमपाल कामीले अर्का ओपनर सिएकालाई तेस्रो ओभरमा आउट गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd