+
Search

ताजा अपडेट +

पपुलर +

झापाका कुन पालिकामा कसले पाए निर्वाचन अधिकृतको जिम्मेवारी ?

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १३, आईतवार १३:१४ गते

१३ चैत्र २०७८, आइतवार
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । आयोगले सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत रहने गरी देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरू ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको आयोगले जनाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको मुख्य निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला अदालतका ज्येष्ठतम न्यायाधीश गिरीराज गौतमलाई तोकेको छ ।

गौतमले भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतका रुपमा समेत काम गर्नेछन्। त्यस्तै मेचीनगरको निर्वाचन अधिकृत रेल विभागका उपसचिव वेदराज फुयल तोकिएका छन् ।

त्यसैगरी अर्जुनधारा नगरपालिकामा लोकबहादुर कटुवाल, कचनकवल गाउँपालिकामा वीरेन्द्र बस्नेत, कनकाई नगरपालिकामा दीपक कोइराला, कमल गाउँपालिकामा प्रकाश गौतम निर्वाचन अधिकृत तोकिएका हुन् ।

त्यस्तै गौरादह नगरपालिकामा विदुर कुमार कार्की, गौरीगञ्ज गाउँपालिकामा लालबहादुर श्रेष्ठ, झापा गाउँपालिकामा झरेन्द्र प्रसाद चापागाईँ, दमक नगरपालिकामा केशव प्रसाद पन्त, बाह्रदशी गाउँपालिकामा पुष्कलराज प्रसाईँ, बुद्धशान्ति गाउँपालिकामा डम्बरुप्रसाद निरौला, बिर्तामोड नगरपालिकामा डम्बर प्रसाद काफ्ले, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल र हल्दिबारी गाउँपालिकामा नारद प्रसाद भट्टराई निर्वाचन अधिकृतका रुपमा तोकिएका हुन

। बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि तोकिएका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई बैशाख २ गते भित्र अभिमुखीकरण तालिम दिइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd