+
Search

ताजा अपडेट +

पपुलर +

पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य

मुनाल न्यूज डेक्स
२०७८ चैत्र ११, शुक्रबार ०७:३९ गते

११ चैत्र २०७८, शुक्रवार
पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो ।

नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च स्कोर हो । पीएनजीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd