१० चैत्र २०७८, बिहिवार
राप्रपाले हल्दिवारीको स्थानीय तहमा उम्मेद्बार टुंगो लगाएको राप्रपा श्रोतले जनाएको छ । गाउँपालिका अध्यक्षमा रवीन्द्र प्रसाद लिङ्देनले उम्मेद्बारी दिनेछ्न भने उपाध्यक्षमा हल्दिवारी ४ कि लक्ष्मी मैनालीको उम्मेद्बार हुने छन ।
लिङ्गदेन हाल हल्दिवारी गाउँपालिका अध्यक्ष हुन । त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा देबि थापा,२ को वडा अध्यक्षमा कुमार राई ,३ को वडा अध्यक्षमा बम बहादुर कन्दङ्वाले उम्मेद्बारी दिने छन ।
त्यसैगरी वडा नम्बर ४ को वडा अध्यक्षमा सन्तुथापा मगर ,वडा सदस्यहरुमा सुरेन्द्र ( सुनिल ) बारकोटी ,शान्ता गहतराज ,तारा ढकाल र भावना दाहालले उम्मेद्बारी दिनेगरी राप्रपाले टुंगो लगाएको छ भने वडा नम्बर ५ मा हालका वडा अध्यक्ष शेर बहादुर नेम्बाङ सहित ७ जनाको दावी रहेको राप्रपा श्रोतको जानकारी दिएको छ ।
२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा राप्रपाले गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ मा बिजय हासिल गरेको थियोे ।
प्रतिक्रिया