+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीका किसानहरूलाइ पशुपन्छि पालन सम्बन्धि तालिम दिइदै

दर्पण
२०७८ चैत्र १०, बिहीबार १३:५४ गते

बाह्रदशी गाँउपालिका पशुसेवा शाखा चकचकीले पशुपन्छि र माछा पालन सम्बन्धि ३ दिने तालिम कार्यक्रम सञ्चालन गरिरहेेको छ।

बिहिबार डाँगिबारी रेडक्रस भवनमा वडा नम्बर ४,५,६,७ का अग्रज किसानहरूलाई दोस्रो दिनको १ दिने पशुपन्छि पालन सम्बन्धि तालिम कार्यक्रम सम्पन्न भएको हो।

गाँउपालिकाको यस साखाले २०७८/७९ को बार्षिक स्वीकृत कार्यक्रममा अन्तर्गत १ लाखको बजेटबाट बाह्रदशी गाँउपालिका भरीका किसानहरूलाई बिभिन्न ३ स्थानमा तालिम दिईने कार्यक्रम रहेको बाह्रदशी पशु स्वास्थ्य प्राविधिक दिवस राईले जानकारी दिनुभएको हो ।

गाँउपालिकाको पशु साखा अन्तर्गत यश अघि १ दिने माछा पालन कृषकहरूलाई सोमबार गापाको जेष्ठ नागरिक भवन चकचकीमा तालिम कार्यक्रम भईसकेको छ। यस्तै भोलि राजगढमा वडा १,२,३ का कृषकहरूलाई वडा नम्बर २ को भवनमा तालिम रहने छ।

बाह्रदशी पशु सेवा साखाका प्रमुख देव कुमार यादवको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गापा उप प्रमुख रत्ना कुमारी राजवंशी रहनुभएको थियो । भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भद्रपुरबाट डा. विनय श्रेष्ठले उपस्थित किसानहरूलाई तालिम दिनुभएको थियो।

वडा नम्बर ६ का मुल कृषक समूह अध्यक्ष पुन्य तिवारिको आतिथ्यता रहेको थियो । यस्तै मुनाल न्यूज डटकमका सञ्चारकर्मीको उपस्थिति रहेेको थियो । बाह्रदशी पशु स्वास्थ्य प्राविधिक दिवस राईले सञ्चालन गर्नुभको कार्यक्रममा स्वागत पशु स्वस्य प्रविधिक अस्मिता सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।