+
Search

ताजा अपडेट +

पपुलर +

कनकाईको कोरिया काण्ड छानविन गर्नुपर्ने पाँच दलको माग

मुनाल न्यूज डेक्स
२०७८ चैत्र ९, बुधबार ०७:३७ गते

९ चैत्र २०७८, बुधवार
कनकाई नगरपालिकाको कोरिया काण्ड बारे सत्यतथ्य छानविन गर्न स्थानीय पाँच राजनीतिक दलले माग गरेका छन् । विज्ञप्ति जारी गर्दै विवादास्पल विषयमा सम्वन्धित निकायबाट छानविन हुनुपर्ने पाँच दलको माग गरेका हुन् ।

माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, राप्रपाका कनकाई नगर अध्यक्ष ज्योतीकुमार उप्रेती, जनता समाजवादीका कनकाई नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, साझा विवेकशीलका कनकाई नगर अध्यक्ष गोपाल चुडालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै छानविनको माग गरेका हुन् ।


उनीहरुले दलको सहमतिमा काम गरेको कुरालाई अस्वीकार समेत गरेका छन् । कनकार्य नगरपालिकाले कोरियाको सन्दर्भमा दलहरुसहितको अन्तरक्रिया आयोजना गर्दा नै केहि असमति राखेको पाँच दलको भनाई छ ।

कोरियाको लागत घटाउनुपर्ने, धनिपुर्जा राख्ने विषय गलत हुने, तेस्रो पक्षलाई राख्न नुहने, नगरले गरेको काममा आफै जिम्मेवारी बहन गर्नुपर्ने, कृषकलाई मात्र पठाउनुपर्ने अन्तरक्रियामा पाँचले सूझाव दिएको थियो, विज्ञप्तिमा उल्लेख छ ।

श्रम स्वीकृति नलिई पठाएको र नगरले समन्वय मात्रै गरेको विषय आपत्तिजनक रहेको पाँच दलको निष्कर्ष छ ।

यो समाचार इजलासमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd