९ चैत्र २०७८, बुधवार
झापाको शिवसताक्षीमा विद्यार्थी ओराल्न रोकिराखेको स्कुल बसलाई ट्रकले ठक्कर दिँदा छ जना घाइते भएका छन् । चार विद्यार्थी र ट्रकमा रहेका दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
विद्यार्थी बोकेको बसलाई पछाडिबाट आएको मालबहाक ट्रकले ठक्कर दिएको हो । मे १ क ८६६ नम्बरको बसलाई पछाडिबाट आएको ना ८ ख ९२१ नम्बरको ट्रकले ठक्कर दिएको थियो । बसमा रहेका विद्यार्थीहरू देवराज श्रेष्ठ, चिरन क्षेत्री, विरज कोइराला र श्रेया पौडेल घाइते भएका छन् ।
उनीहरू सबै शिवसताक्षी नगरपालिका–१ का हुन् । सो बस भानु माध्यामिक विद्यालयको हो । ट्रक तीव्र गतिमा भएका कारण दुर्घटना भएको हो ।
बसका सहचालक शिवसताक्षी ७ का रामकुमार राई र ट्रक चालक शिवसताक्षी–८ का विशाल ठटाल घाइते भएका छन् । उनीहरू सबैको अवस्था सामान्य छ ।
प्रतिक्रिया