+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनमा अझै मिलेन चुनावी तालमेल

मुनाल न्यूज डेक्स
२०७८ चैत्र ९, बुधबार ०२:४२ गते

९ चैत्र २०७८, बुधवार
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा ठोस निर्णय आएको छैन। यस विषयमा सहमति हुन नसक्दा गठबन्धन दल नै कसरी चुनावमा होमिन्छन् भन्न सकिने अवस्था छैन।

गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावकै विषयमा छलफल गर्न बैठक बस्यो।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताबीच छलफल भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd