+
Search

ताजा अपडेट +

पपुलर +

मंगलबार पनि मोरङको लेटाङमा कर्फ्यू जारी

राजेश आचार्य
२०७८ चैत्र ८, मंगलवार १३:११ गते

०८ चैत २०७८ , राजेश आचार्य ।

मंगलबार पनि प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा कर्फ्यू जारी रहेको छ। सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको थियो ।
 

वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

आइतबार छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीहरूले आन्दोलन गरेका थिए । गाउँमै घटना मिलाउनका लागि प्रयास गरिएपछि भिड बढ्दै जाँदा आन्दोलनले उग्र रूप लिएको थियो ।

भिड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो र २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए। प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य