७ चैत्र २०७८, सोमवार
झापा बाह्रदशीको फुलबारीमा एक कार्यक्रमका बिच पूर्वाअन्चल क्यान्सर अस्पतालले बाह्रदशीका बिपन्न १५ सय भन्दा बढी परिवाको निशुल्क स्वस्थ्य विमा गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईले अस्पतालको तर्फबाट प्रति परिवार ३५०० बीमा शुल्क तिरिदिने घोषणा गरेका छन् ।
आर्थिक अभावका कारण उपचारबाट कोहि बञ्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य विमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईको भनाइ छ ।
कार्यक्रममा बोल्दै उनले भने, ‘म दानवीर हैन । तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ ।
शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो । अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ ।’
यस्तै, कार्यक्रममा बोल्दै प्रदेश संसद बसन्त बानियाँले झापाको पछाडी परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वस्थ्य नागरिक बनाउने यो महाअभियानको सुरुवात भएको जनाए ।
उनले भने, ‘यस क्षेत्रको स्वास्थ्य सेवालाई नयाँ उचाईमा लग्नेछ । निःशुल्क स्वास्थ्य बीमाले बिमाको पहुँचमा नभएकालाई राज्यले दिएको सेवा लिन सक्छन् ।’ उक्त अभियान निरन्तर हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।
प्रतिक्रिया