+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि म्यादी प्रहरीमा आवेदन दिन सकिने

मुनाल न्यूज डेक्स
२०७८ चैत्र ६, आईतवार ०४:४७ गते

६ चैत्र २०७८, आइतवार
आजदेखि स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आवेदन दिन चाहनेल आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

४० दिनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने तयारी रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd