+
Search

ताजा अपडेट +

पपुलर +

वाइसिएलको ५१ सदस्यीय नयाँ नेतृत्व चयन

मुनाल न्यूज डेक्स
२०७८ चैत्र ६, आईतवार ०४:२७ गते

६ चैत्र २०७८, आइतवार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग(वाइसिएल) हल्ददीबारी २ को नयाँ नेतृत्व चयन भएको छ । वाइसिएल हल्दीबारी वडा नम्बर २ को भेलाले ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

भेलाले फडेन्द्र पौडेलको अध्यक्षतामामा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर राई, सचिवमा लिपि सोरेन, सह–सचिवमा सरस्वती राजवंशी र कोषाध्यक्षमा फुर्वादोर्जे लामालाई चयन गरेको हो ।

वाइसिएल हल्दीबारी गाउँ कमिटी अध्यक्ष केवलकुमार कुलुङको अध्यक्षतामा भएको भेलामा वाइसिएलका केन्द्रीय सदस्य खगेन राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा पार्टी गाउँकमिटी अध्यक्ष दीपक खरेलको विशेष आतिथ्य रहेको थियो भने उपाध्यक्ष सुकलाल राजवंशी, टिकादेबी राउत, स्थानीय नेता नरेन्द्र फागुको आतिथ्यता रहेको थियो ।

यो समाचार shabdapatra.com मा छ

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd