५ चैत्र २०७८, शनिवार
आगामी वैशाख ३० गते एकै चरणमा हुने ७५३ स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भइरहेको छ । गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नयाँ प्रस्ताव अघि सारेको छ ।
०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा आफूले टिकट पाउनुपर्ने एकीकृत समाजवादीको अडान छ । चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा प्रायः सबै दलहरू लागेका छन् ।
मुलुक संघीय संरचनामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । जसअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्व कसले हत्याउला भन्ने चासो बढ्दै गएको छ ।
सोही कारण महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो वर्चस्व स्थापित गर्ने प्रयासमा प्रमुख राजनीतिक दलहरूको विशेष ध्यान केन्द्रित हुन थालेको छ ।
प्रतिक्रिया