+
Search

ताजा अपडेट +

पपुलर +

जापानमा ७.३ रेक्टरको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

मुनाल न्यूज डेक्स
२०७८ चैत्र ३, बिहीबार ०६:५३ गते

३ चैत्र २०७८, बिहिवार
जापानमा गएको भूकम्पमा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् । उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ । बुधबारको सो भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

बुधबार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसिद भएका बताइएको छ । बिहीबार बिहान ६.३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अरु ९२ जना घाइते भएका बताइएको छ ।

उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ ।

राति ११.३६ को समयमा भूकम्पको महसुश गरिएको थियो । फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ ।भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd