+
Search

ताजा अपडेट +

पपुलर +

आबाट इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५५ रुपैयाँ

दर्पण
२०७८ चैत्र २, बुधबार २३:५९ गते

२ चैत्र २०७८, बुधवार
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो बढाएको छ ।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।

हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँर्गै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।

खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ ।

उसका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ । यस्तै हवाई इन्धनमा पनि नाफा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।