+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं : लिङ्देन

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १, मंगलवार ००:०५ गते

१ चैत्र २०७८, मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।

‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन’ अध्यक्ष लिङ्देनले भने ।

राष्ट्रिय मान्यता पाएका दलबाहेक अरु दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार मान्न सक्ने कानुनी व्यवस्था छ । त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले अरु नै चुनाव चिह्न पनि दिन सक्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐनमा भएको यो व्यवस्था विभेदकारी रहेको भन्दै राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अरु दलले विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd