झापाको बाह्रदशी गाँउपालिकाको वडा नम्बर एकले आजदेखि आफ्नै भवनबाट सेवा दिन शुरूवात गरेको छ। फागुन ३० गते सोमबार एक कार्यत्रमका बिच पुजा गरेर वडा कार्यलय सारिएको सोहि वडाका वडाध्यक्ष सम्भु सिहं राजवंशीले जानकारी दिनुभएको छ ।
यसअघि वडाको काम कार्वाही प्रतिमहिना साढे ७ हजार तिरेर भाडाको घरमा भाडाको भवनबाट गर्दै आएको थियो। वडा नम्बर एक आफ्नै भवन बनाएर उद्घाटन गर्ने बाह्रदशी गाँउपालिकाकै पहिलो वडा बनेको छ। गाँउपालिकाका अन्य वडाहरू निर्माणाधिन अवस्थामै रहेका छन ।
गाँउपालिकाको ४६ लाख ६७ हजार ९ सय ७६ रूपैयाँ को लागतमा टिबिएस कन्ट्रक्सनले ठेक्का लिएर यस भवन बनाइएको हो । पटक पटक सूचना निकाल्दा समेत नयाँ कार्यलयका लागि जग्गा उपलब्ध नभएपछि आफ्नै हजुरआमाले उक्त जग्गा दिनुभएको अध्यक्ष राजवंशीले बताउनु भएको छ ।
जग्गा दाता साविक राजगढ वडा न १ हाल बाह्रदशी गाँउपालिका २ निवासी स्वर्गीय डान्ड्रा राजवंशीको स्मृतिमा श्रीमती दुर्गावती राजवंशीले कित्ता नम्बर ४६२ को १३१४ वर्ग मिटर जग्गा बाह्रदशी वडा नम्बर १ को स्थायी भवन निर्माणको लागि निशुल्क प्रदान गर्नुभएको हो।
प्रदेश नम्वर एकका तत्कालीन कानुन तथा आन्तरिक मामिला मन्त्री हिकमत कार्कीले यस भवनको शिलन्यास गर्नु भएको थियो ।
निर्माण सम्पन्न भइ सोमबार बाट सञ्चालनमा ल्याइएको यस भवनका ६ कोठा र ३ शौचालय रहेका छन । २०७७ साल ११ महिना २० गते सम्झाैता भएरको कार्यलयको समापन मिति २०७८ साल अषाढ ३० गते हुनुपर्ने थियो ।
उद्घाटन कार्यत्रममा बाह्रदशी गाँउपालिका बाट लेखा अधिकृत चुणा पौड्याल, जिन्सि शाखा प्रमुख मीन बाहादुर कार्की (राजन), जग्गादाता परिवार, पुरोहित, वडा सदस्यहरू, सञ्चारकर्मी र अन्य स्थानिय बासिहरूको उपस्थिति रहेको थियो ।
हाल वडा नम्वर एकका निर्वाचित जनप्रतिनिधीहरूमा अध्यक्ष शंभु सिहं राजवंशी, वडा सदस्य सैरूल मिया, सुकोल मुर्मु, उल्फो हरिजन माझी र कार्यपालिका सदस्य लिलोवति राजवंशी रहनु भएको छ।
प्रतिक्रिया