+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड:-प्रकाश सपुतबारे धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ३०, सोमबार ०४:१४ गते

३० फागुन २०७८, सोमवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् ।

कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए ।

प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd