+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीका बाख्रापालन उद्यमीलाइ अध्ययन अवलोकन भ्रमण

दर्पण
२०७८ फाल्गुन २८, शनिबार १३:१० गते

२८ फागुन २०७८, शनिवार

बाह्रदशी गाँउपालिका अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले बाख्रापालन सम्बन्धि एक दिने अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ।

बाह्रदशी उद्यम विकास सहजकर्ता हिमा चापागाँइको नेेेेेेतृत्वमा गएको ६७ सदस्य टोलिले मोरङका विभिन्न बाख्रा फमहरूको अवलोकन गरेको थियो।

अवलोकनमा बाह्रदशी गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजबंशी, वाड नं १ का अध्यक्ष शम्भू सिंह राजबंशी, वाडनं ३ का अध्यक्ष बिरेन्द्र प्रसाद राजबंशी को उपस्थिती रहेेेेको थियो ।

यसैगरी कार्यपालिका सदस्यहरू जयनाथ मेचे, मिना सेन्चुरी, प्रेम कुमारी सिवाकोटी, जनाकी खड्का, वडा सदस्य राम प्रसाद सापकोटा, जानकी राजबंशी रहनु भएको थियो ।

यसैगरी बाह्रदशी उदम विकाश सहजकर्ता हिमा चापागाँइ, उद्यम विकास सहजकर्ता सहयोगि जमुना कार्की, बाह्रदशी पशुसेवा शाखा प्रमुख देबकुमार यादव, कृषि शाखा प्रमुख आर्जु खड्का, जिन्सि शाखा प्रमुख मीन बाहादुर कार्की (राजन), सोभा धमला, हेमन्त राजबंशी उपस्थित हुनुहुन्थ्यो ।

साथै मुनाल न्युज डटकम, मेरो न्युजनेपाल लगायतका सञ्चार माध्यमका संचारकर्मीहरूको उपस्थिति रहेको थियो । यस्तै बाह्रदशी गाउपालिका अन्तरगतको सातै वडा भरीका बाख्रा पालन सम्बन्धि तालिम लिएका उद्यमीहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।