+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोडमा प्रदेशस्तरीय वडि विल्डिङ्ग शुरु , ३० खेलाडी छनोट

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन २८, शनिबार ००:५२ गते

फाल्गुन २७, २०७८ शुक्रबार
प्रदेश नम्बर १ कै सर्वाधिक राशिको ‘मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिप’ प्रतियोगिता बिर्तामोडमा सुरु भएको छ ।

वडि विल्डिङ्ग च्याम्पियनसिपको पहिलो दिन शुक्रवार अतिथि सदनमा प्रिजर्जिङ राउण्ड सम्पन्न भयो । प्रि–जर्जिङ राउण्डको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका ४४ जना पुरुष खेलाडीहरु मध्ये ३० जना खेलाडी फाइनलको लागि छनोटमा परेका छन् । छनोटमा परेकाहरु मध्ये ५५ केजी तौल समुहका ६ जना, ६० केजी तौल समुहका ६ जना, ६५ केजी तौल समुहका ६ जना, ७० केजी तौल समुहका ६जना र ७० केजी तौल भन्दा माथिको समुहका ६ जना खेलाडी छन् ।

प्रतियोगिताको जजहरुमा शारीरिक संगठन संघका सदस्य तथा जज कमिटी अध्यक्ष शिवलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद सदस्य राजेन्द्ररत्न तुलाधर, राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक अजय बज्राचार्य,एशियन रेफ्रि शिव मुखिया,राष्ट्रिय निर्णायक केशव नागा,रणबहादुर थेवे,हरि धिमाल,दिपेश पाठक,पुर्ण तामाङ र सीता राई श्रेष्ठ रहनु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd