+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन २७, शुक्रबार १२:४६ गते

२७ फागुन २०७८, शुक्रवार
प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो ।

छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो ।

गत भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।

सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले जसपा फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए । जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd