२७ फागुन २०७८, शुक्रवार
लामो समयको रस्साकसीपछि नेकपा माओवादी केन्द्रले बिर्तामोड नगर कमिटीको पदाधिकारी टुङ्गो लगाएको छ । पार्टीको नगर अध्यक्षमा मोहन सुब्बा चयन भएका छन ।
पार्टीले सात सदस्यीय पदाधिकारी चयन गरेको छ । उपाध्यक्षद्वय जनबहादुर (जेबि) जबेगु र कमल कडरिया चयन भएका छन ।
त्यस्तै सचिव गणेश कालिकोटे, सहसचिव सन्दिप प्रसाईं र कोषाध्यक्ष कृष्ण लिम्बू चयन भएका छन । महिला उपाध्यक्ष टुङ्गो लगाउन बाँकी छ ।
माओवादी केन्द्रले शुक्रवार नगर पार्टी कार्यालयमा घोषणा सभा आयोजना गरि पदाधिकारीको नाम सार्वजनिक गरेको हो ।
प्रतिक्रिया