२५ फागुन २०७८, बिहिवार
झापा बिर्तामोड ५ का एक युवा मृत भेटिएका छन । एमिटी कलेज जाने बाटोस्थित मित्र नगर का २८ बर्षीय चिरन्जिवी दाहाल घरको बन्द कोठाभित्र मृत भेटिएका हुन।
करिब १२ बजे मावलाकी हजुरआमालाई टिभी खोलिदिएर निस्किएका दाहाल केही समय पछि हजुरआमाले यताउता हेर्दा नदेखेपछि कोठा ढकढक्याउँदा भित्रबाट बन्द गरिएको र आवाज नआएपछि जबर्जस्ती ठेलेकी थिइन ।
ढोका खुलेपछि हेर्दा दाहाल कम्मर माथी नग्न अवस्थामा रगत्याम्म अवस्थामा भुँइमा ढलेको पाइएको दाहालकी हजुरआमा रुकमिना पौडेलले बताइन । दाहाल केही हप्ता अघिमात्र जर्मनीबाट घर आएका थिए ।
घटनास्थलमा भान्साकोठामा प्रयोग हुने छुरी फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा कानूनी प्रकृयाको काम भैरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
प्रतिक्रिया