+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँको दमौलीमा आगलागी

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन २२, आईतवार ०६:५६ गते

२२ फागुन २०७८, आइतवार

तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd